Logo
११ आश्विन २०८१, शुक्रबार
(April 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासङ्घको चुनाव- संघई र अन्जान श्रेष्ठले गराए उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै आज अन्जान श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।

महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।

महासङ्घको चुनाव यही चैत २८ र २९ मा काठमाडौँमा हुँदैछ । आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको र अहिलेसम्म सबै पदमा गरेर कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएको पौडेलले बताए ।

प्रकाशित मिति: Apr 4, 2023

प्रतिक्रिया दिनुहोस्