Logo
११ आश्विन २०८१, शुक्रबार
(April 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको अधिकार कटौतीबारे मध्यमार्गी बाटो खोजिने

संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ । शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावकर्ता नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले मध्यमार्गी बाटो निकाल्ने गरी शनिवार छलफल भएको आफूले जानकारी पाएको उनले बताए ।

‘विशेषाधिकार अन्तर्गत सभामुखले मनोमानी बैठकहरू राख्ने गरेकाले त्यसको विरोधमा संशोधन प्रस्ताव हालिएको थियो तर हिजोको छलफलमा दुवै पक्ष मध्यमार्गी बाटोबाट निकास निकाल्न सकिनेमा पुगेको बुझिएको छ ’, जोशीले भने ।

प्रकाशित मिति: Apr 2, 2023

प्रतिक्रिया दिनुहोस्