Logo
११ आश्विन २०८१, शुक्रबार
(March 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटर ब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गर्नुपर्ने बताए । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिए ।

मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गरे ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)ले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।

प्रकाशित मिति: Mar 29, 2023

प्रतिक्रिया दिनुहोस्