Logo
११ आश्विन २०८१, शुक्रबार
(March 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती सरकारबाट बाहिरियो एमाले, सदनमै बुझायो मुख्यमन्त्रीलाई राजीनामा

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् ।

प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।

यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए । राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिदैछन् ।

प्रकाशित मिति: Mar 24, 2023

प्रतिक्रिया दिनुहोस्