अनेरास्ववियुका विष्टलाई पराजित गर्दै त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार श्याम ओझा विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।
ओझाले ९६२ मत पाउँदा विष्टले ७३१ मत पाए । ओझाले २२५ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।