Logo
११ आश्विन २०८१, शुक्रबार
(March 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुलीको फिक्कलमा बस दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवाले बताए ।

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए ।

एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रकाशित मिति: Mar 12, 2023

प्रतिक्रिया दिनुहोस्