Logo
११ आश्विन २०८१, शुक्रबार
(March 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिका लागि रञ्जिता श्रेष्ठ अयोग्य छ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपति उम्मेदवारका लागि अयोग्य हुने भएकी छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर नपुग्ने भएपछि उनी उम्मेदवार हुने सम्भावना टरेको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।
पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएका थिए ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठको उमेर त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो ।
निर्वाचन सम्बन्धी ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ। उक्त दफाको उपदफा ‘ख’ मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: Mar 10, 2023

प्रतिक्रिया दिनुहोस्