Logo
११ आश्विन २०८१, शुक्रबार
(March 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको निराशालाई आशामा बदल्ने राष्ट्रपति पौडेलको प्रतिबद्धता

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको निराशालाई आशामा बदल्ने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार सुन्दरीजल पुगेर पूर्व प्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाले सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए ।

उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Mar 10, 2023

प्रतिक्रिया दिनुहोस्