Logo
६ माघ २०८१, आईतबार
(March 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट : फागुन २५ गते अदालतमा हाजिर हुन आदेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दुईवटा मुद्दा दर्ता भएका छन्।

उनीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्तिका विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने भन्दै मुद्दा दर्ता भएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन्।

अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ ।

आज (मंगलबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको थियो ।

उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।

२०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । यता, माओवादी र पूर्व माओवादीहरु एकजुट भएर संक्रमणकालिन मुद्दा शान्तिसम्झौता अनुसार टुँगो लगाउनुपर्ने बताएका छन् ।

आजमात्रै माओवादी विचारधाराका ८ दलको बैठक बालुवाटारमा बसेको थियो । सर्वोच्च अदालतबाट खडा गरिएको तारेख पर्चामा भनिएको छ-‘२०७९ साल फागुन २५ गते दिनको १० बजे पेशी तारेखमा यस अदालतमा हाजिर हुन आउनुहोला ।”

रिट १ : 

रिट २ : 

प्रकाशित मिति: Mar 7, 2023

प्रतिक्रिया दिनुहोस्