Logo
११ आश्विन २०८१, शुक्रबार
(March 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र विरोधी प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न वाइसीएलको माग

योङ कम्युनिस्ट लीग (वाइसीएल)ले नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार ज्ञापनपत्र बुझाउँदै वाइसीएलले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरेको हो ।

सो संगठनले शान्ति प्रक्रियाका बाँकी कामहरुको निरूपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरी सङ्क्रमणकालीन न्यायको बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण विषयहरूको निरूपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन समेत सरकार सरकार समक्ष जोडदार माग गरेको छ ।

‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागि जोडदार माग गर्दछौं’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति: Mar 7, 2023

प्रतिक्रिया दिनुहोस्