Logo
११ आश्विन २०८१, शुक्रबार
(March 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका छन् । शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन बुझाएका हुन् ।

संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८-०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

प्रकाशित मिति: Mar 5, 2023

प्रतिक्रिया दिनुहोस्