Logo
११ आश्विन २०८१, शुक्रबार
(March 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिदका सपनाहरू दबाउन खोज्दैमा दबिने छैनन् : प्रधानमन्त्री प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौँ सहिद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने बताएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हजारौँ सहिदहरूका सपना दबाउँदैमा नदबिने बताए ।

‘कार्ल मार्क्सले भन्या जस्तै कहाँ मर्छन् र सहिदहरू ? कहाँ बेपत्ता हुन्छन् र बेपत्ता योद्धाहरू ? ती इतिहासमा पटक पटक जीवित मान्छेलाई उत्प्रेरित गर्छन् । तिनीहरू कङ्कालबाट उठेर फेरि सडकमा जुलुस र नारा लगाएर निस्कन्छन्’ प्रचण्डले भने, ती हजारौँ सहिदहरू ती हजारौँ बेपत्ताहरू तिनका सपनाहरू बदनाम गराउन खोज्दैमा दबाउन खोज्दैमा दबिने छैन ।’

सबै माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिने प्रचण्डले बताए । ‘माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ । एक चोटि माओवादीहरू एक भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू प्रतिक्रियावादी तत्त्वहरू कमजोर हुन्छन् । माओवादीले विजयको यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास बिल्कुल घटेको छैन’ प्रचण्डले भने । आफू प्रधानमन्त्री भएपछि काठमाडौँको जग डोलमा सम्पूर्ण सहिदहरूको नाम उल्लेख गरेको पार्कको उद्घाटन गरेको प्रचण्डले बताए ।

‘फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । यो अर्को एउटा कोशेढुंगा हो । जनयुद्धका सहिद र वेपत्तका पारिएकाहरूको त्याग, तपस्या र बलिदानलाई स्थापित गर्ने कुरा हो’ प्रचण्डले भने, ‘अहिले फेरि सहिद घोषणा भएकालाई राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय भएको छ ।’

प्रकाशित मिति: Mar 5, 2023

प्रतिक्रिया दिनुहोस्