Logo
१२ आश्विन २०८१, शनिबार
(March 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यबाट पाउने सेवा, सुविधा पाइएन : उपसभामुख राना

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् ।

भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ ।

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको भन्दै उनले त्यस्ता गतिविधि सहन नसकिने बताइन् ।

‘पहिला पुरुष उपसभामुख हुँदा आर्मी दिन्थ्यो रे । उहाँहरूलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे । उपसभामुखलाई घर दिने रे भनिएको छ, दिइएको छैन । ३६ हजार निवास भाडा दिइएको छ । आफू ४४ हजार तिरेर बस्नु परेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति: Mar 3, 2023

प्रतिक्रिया दिनुहोस्