Logo
९ माघ २०८१, बुधबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषादी सेवन गरेपछि शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइयाे

युट्युबलगायत सामाजिक सञ्जालमा बिभिन्न कुरा बाेलेर चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएकाे छ ।

उनकाे अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।

बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएकाे एसएसपी कार्कीले बताए ।

 

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्