Logo
१२ आश्विन २०८१, शनिबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू–१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । समान चार खेल खेलेका नेपाल र यूएईको समान अङ्क छ । त्यसैले नेपाललाई आजको खेलमा जित आवश्यक छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्