‘कोशी प्रदेश’को नाम विरुद्ध प्रदेशसभा अगाडी बिराटनगरमा प्रदर्शन
प्रदेश १ को प्रदेशसभा बैठकमा नामकरणका विषयमा छलफल चलिरहँदा बाहिर भने पहिचान पक्षधरले प्रदर्शन गरेका छन् ।
लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिलगायतले प्रदेशसभा भवन नजिकै विराटनगरको देवकोटा चोकमा पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै दल यो नाममा सहमत छन् ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बूवान सगरमाथा प्रदेशको प्रस्ताव गरेको थियो, जसलाई प्रदेशसभाले छलफल गर्न पनि आवश्यक ठानेन ।