Logo
६ माघ २०८१, आईतबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता विराधीको ट्याग हटाउँदै रास्वपा : सातै प्रदेशमा प्रदेश समिति गठन

गत संसदीय निर्वाचनमा प्रदेशमा उम्मेदवारी नदिएका राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । प्रदेशमा उम्मेदवारी नदिदा रास्वपालाई संघीयता विराधीको आरोप लागेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ। प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना रहेका छन्।

यस्तै मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ। यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम छन्।

लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन्। सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: Mar 1, 2023

प्रतिक्रिया दिनुहोस्