Logo
१२ आश्विन २०८१, शनिबार
(February 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हङकङले दियो नेपाललाई १ सय ५४ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।

जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ रोजेको हङकङ ४८ ओभर २ बलमा १ सय ५४ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए ।

उसको २६ रन हुँदा नेपालका लागि बसन्त रेग्मीले नेपालका लागि पहिलो वीकेट लिएका थिए। त्यसपछि हङकङले ५३ रनमा बाबर हायातलाई गुमायो। सोमपाल कामीले उनलाई पेभेलियन फर्काए । लगत्तै हङकङको तेस्रो विकेट झरेको थियो ।

सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन आउट गरे । एक सय १० रनमा ८ विकेट गुमाएको हङकङका लागि अन्तिममा इसान नवाज र इसान खानले ३३ रनको साझेदारी गरे ।

इसान खानले २५ तथा इसान नवाजले १४ रनको योगदान गरे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए ।

प्रकाशित मिति: Feb 27, 2023

प्रतिक्रिया दिनुहोस्