Logo
६ माघ २०८१, आईतबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकालाई मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक : सुरेश श्रेष्ठ

बालबालिकालाई मोबाइलको लतबाट टाढा बनाउन व्यवहारिक शिक्षा आवश्यक : प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ भक्तपुर । बालबालिकालाई मोबाइल कम्प्युटर एवं अन्य इलेकट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

गोल्डेन सुनगाभा बोडिङ स्कुलको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको मोबाइल आदीको लत छुटाउन विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

हिजो कोरोना आदीका नाममा अनलाइन कक्षा भए मोबाइल ल्यापटप कम्प्युटर अनि ट्यावको बानी बालबालिकालाई पर्‍यो अव उक्त बानी छुटाउन अभिभावक शिक्षक शिक्षिकालाई गारो परेको बताउँदै श्रेष्ठले अव उक्त बानी छुटाउन नसके भावी पुस्ता नै खतरामा पर्ने बताउनुभयो ।

बालबालिकामा भएको सामाजिक सञ्जाल र इलेकट्रोनिक्स ग्याजेटको लतबाट छुटाउन नसक्ने हो भने आगामी पुस्ताको भविष्य नै जोखिममा भएको उहाँले बताउनुभएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयले ठुलो योगदान रहेको बताउनुभएको छ । उहाँले हाल बालबालिकालाई केवल शिक्षा मात्र नभएर उनीहरूलाई व्यवहारिक ज्ञान पनि दिन सक्नु पर्ने बताउँदै यो विषयमा गोल्डेन सुनगाभा अग्रणी भएको बताउनुभयो ।

उहाँले हाल बालबालिका कुलतमा फस्ने जस्ता विभिन्न समस्यामा पर्न थालेका छन् यसबाट जोगाउन पनि विद्यालयले उनीहरूलाई व्यवहारिक शिक्षा दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले हाल निजी विद्यालयमा रहेको समस्या समाधान प्रदेशमा आफूले पहलकदमी समेत गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा विद्यालयका सल्लाहकार माधव खत्रीले हिजो पढाउने विद्यालय चाहिएको थियो अव व्यवहारिक शिक्षा दिने विद्यालयको खाँचो भएको बताउनुभएको थियो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको साता व्यापी विभिन्न प्रतियोगिताहरूमा विजेता विद्यार्थीहरूलाई पुरस्कारबाट पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्