Logo
१३ मंसिर २०८१, बिहीबार
(February 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई भेटेर राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा पत्र बुझाएका हुन् ।

आजै बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ । राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिने पार्टीको निर्णय छ ।

प्रकाशित मिति: Feb 25, 2023

प्रतिक्रिया दिनुहोस्