Logo
१२ आश्विन २०८१, शनिबार
(February 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीआईजी अशोक सिंहले पदबाट दिए राजीनामा

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।

सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।

प्रकाशित मिति: Feb 22, 2023

प्रतिक्रिया दिनुहोस्