Logo
१२ आश्विन २०८१, शनिबार
(February 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र रविबीच राष्ट्रपतिको चुनाव र चितवनमा हुने उपनिर्वाचनका विषयमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको लामिछाने निकट एक नेताले बताए ।

माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बुझिाएको छ । राष्ट्रहितका विषयमा सत्ता गठबन्धनलाई बलियो बनाएर जाने विषयमा पनि छलफल भएको ती नेताले बताए ।

लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि उनी नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । यद्यपि सरकारलाई भने रास्वपाले समर्थन कायमै राखेको छ ।

प्रकाशित मिति: Feb 20, 2023

प्रतिक्रिया दिनुहोस्