Logo
९ माघ २०८१, बुधबार
(February 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीयताको मर्मअनुरूप आमसञ्चारसम्बन्धी कानून परिमार्जन गर्दैछौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् ।

आज (आइतबार) राष्ट्रिय समाचार समितिको ६२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरूसँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावना अनुरूप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताएकी हुन् ।

उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने जानकारी गराइन् ।

मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति: Feb 19, 2023

प्रतिक्रिया दिनुहोस्