Logo
१२ आश्विन २०८१, शनिबार
(February 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्मकुण्डलीमै राष्ट्रपति एमालेको हुने लेखिएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गदै हिँडेर हुन्छ त ?’

राष्ट्रपतिमा सबैको सहमति हुनु पर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको उत्तरमा ओलीले भने, ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’

उनले एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि बताए । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ ।

 

प्रकाशित मिति: Feb 19, 2023

प्रतिक्रिया दिनुहोस्