Logo
७ माघ २०८१, सोमबार
(February 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिहा भएपछि अरुण चौधरी भन्छन् – मसँग प्रतिशोध साँधियो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् ।

उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो । तर,  उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: Feb 19, 2023

प्रतिक्रिया दिनुहोस्