Logo
१२ आश्विन २०८१, शनिबार
(February 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘फूलबारी’ आजदेखि हलमा

नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन् ।

सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कार नै यसको मूल कथा हो । प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौँमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिएका अभिनेता कार्कीको चर्चा भयो । “परिवारले हेर्नुपर्ने चलचित्र वनेको छ । यसले महत्त्व दर्साउँछ”, अभिनेता तथा निर्देशक निर्मल शर्माले भने ।

‘कबड्डी’ का शृङ्खलामार्फत दर्शकमाझ पुगिरहेका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गरेका हुन् । ‘पहिलो दर्शक बनेका कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु’, उनले भने ।

प्रकाशित मिति: Feb 17, 2023

प्रतिक्रिया दिनुहोस्