Logo
७ माघ २०८१, सोमबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकता र समृद्धिका लागि संगठित बन्दै कुशवाहा बुद्धिजिवी

स्वजातीय एकता र समृद्धिका लागि देशभरका कुशवाहा बुद्धिजिविहरु संङ्गठित हुने अभियान थालेका छन् । कुशवाहा बुद्धिजिवी सेवा समाज, नेपालको नाममा देशभरका कुशबाहा बुद्धिजिवीहरु संगठित हुन थालेका हुन् ।

डिएन महतो अध्यक्ष रहेको उक्त समाजको केन्द्रिय कार्यसमितिले बिभिन्न प्रदेश कार्यसमिति, जिल्ला समन्वाय समिति, पालिका कार्य समिति र वडा कार्यसमितिको नाममा संगठन विस्तार अभियान थालेका छन् ।

बुद्धिजिवी सेवा समाज देशभर रहेका कुशवाहरुको छाता संगठनको रुपमा २०४७ सालमा स्थापित भई क्रियाशिल रहेको नेपाल कुशवाहा कल्याण समाजको आङ्गिक संस्था हो ।

अध्यक्ष महतोका अनुसार विधागत, क्षेत्रगत आदि विज्ञताका अधारमा कुशवाहा समाजको बृहत्तर हितका लागि सहि दिशानिर्देश गर्न र समन्वाय गर्न यस समाजको २०६६ सालमा स्थापना गरिएको हो ।

कुशवाहा समाज अन्तर्गतका शिक्षित, प्रतिष्ठित एवं अनुभवी ब्यक्तिहरुलाई संगठित गर्दै देशभरको कुशवाहा समाजको चौतर्फी समृद्धि, उन्नती तथा संगठित गर्न र नेपाल कुशवाहा कल्याण समाजको आङ्गिक संस्थाको रुपमा कामकार्य गर्न कुशवाहा बुद्धिजिवी सेवा समाज स्थापित रहेको छ ।

तराईमूल अन्तरगत क्षेत्री वर्णमा पर्ने कोइरी/कुशवाहा जाती मधेशी समुदायमा समावेश यादवपछि दोस्रो ठूलो जाति हो । आर्थिक र जनसंख्याका अधारमा यादव हैसियतकै जाति भएपनि राजनीतिमा भने यस जातिको उपस्थिती निकै न्यून रहेको महासचिव पुन्यलाल महतो बताए ।

‘देशभरमा दर्जनौं यादवहरु सांसद/मन्त्रि छन् । प्रायः सबै पार्टीमा यादवहरु केन्द्रिय नेता छन् तर यादवबराबरकै हैसियत भएर पनि हाम्रो जाति निकै पछि परेको छ, किनकी हामिमा एकता छैन, तसर्थ हाम्रो मूल उद्देश्य नै आफ्नो जातिलाई समृद्ध बनाउनु हो’ महतोले भने–अन्य जातिसँग हामिलाई प्रतिष्पर्धा गर्नु छैन, हामि एक भए पुग्छ, आफ्नै स्वजातीय अन्तरद्धन्द्धका कारण हामि कुशवाहाहरु पछि परेकाले त्यसैको समन्वायका लागि हामि पालिका/पालिका वडा/वडा स्तरसम्म विस्तार हुन लागेका हौं ।

उनका अनुसार यस समाजको सर्वोच्च निकायको रुपमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय कार्य समिति रहेको छ । यस समाजको कुनै पनि समितिको कुनै पनि पदमा चयन हुन/निर्वाचित हुन/मनोनित हुन उक्त ब्यक्ति नेपालको नागरिक र नेपाल कुशवाहा कल्याण समाजको आजीवन सदस्य अनिवार्य हुनुपर्दछ ।

यस समाजको पुरा नाम Kushwaha Intellectual Service Society, Nepal (KISS Nepal) अर्थात् कुशवाहा बुद्धिजीवी सेवा समाज, नेपाल हो । कुशवाहा समाजका बुद्धिजीवी क्षेत्रका सदस्यहरुलाई संगठित गर्न यो समाजको निर्माण भएको हो ।

कोइरी/कुशवाहाहरुले मेहता, महतो, सिंह, मौर्य, कोइरी, कुशवाहा, आर्य, सिंहा लगायतका थर लेख्ने गरेका छन् । नेपालमा यस जातिको जनसंख्या ९ लाख रहेको छ ।

प्रदेश १ स्थित सुनसरी, मोरङ्ग, झापा सहित अन्य जिल्लाहरु मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरु र लुम्बिनी प्रदेश, बागमती प्रदेश, सुप प्रदेश तथा गण्डकी प्रदेश अन्तरगतका कुशवाहा उपस्थिती रहेका जिल्लाहरुमा संगठन विस्तार अभियान तिब्र पारिएको बताइएको छ ।

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्