Logo
१२ आश्विन २०८१, शनिबार
(February 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई देश बाहिर लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।

नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।

राति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार उपचारका लागि भारत लैलानेबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति: Feb 16, 2023

प्रतिक्रिया दिनुहोस्