Logo
१२ आश्विन २०८१, शनिबार
(February 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुन्सेको शतकमा नामिबियामाथि स्कटल्याण्डको जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

किर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नामिबियालाई १० बिकेटको फराकिलो अन्तरले जीत निकालेका हो । नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई जीत हासिल गरेको हो । यो शृंखलामा स्कटल्यान्डको यो पहिलो खेल हो ।

स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो ।

टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।  सो खेलमा स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए भने सफ्यान सरिफ र मार्क वाटले समान तीन तीन विकेट लिएका थिए ।

नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

 

जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ ।

स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ

प्रकाशित मिति: Feb 15, 2023

प्रतिक्रिया दिनुहोस्