Logo
१२ आश्विन २०८१, शनिबार
(February 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७० नम्बर ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्था बन्द गरौं : राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ७० नम्बर ल्याए पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् ।

उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुई थरि लाइसेन्स हुने बताए ।

प्रतिनिधिसभामा बोल्दै उनले ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रुपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड गलत भएको बताए ।

‘म बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यो निर्देशिका बागमती प्रदेशमा लागू गर्न मानिन । १५ नम्बर काटेर जनता मार्ने लाइसेन्स दिनुहुँदैन भनेर लागू गरिन, अहिले लागू भएछ’ उनले भने, ‘सरकार गलत बाटोमा छ । यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ ।’

सांसद पाण्डेले सवारी चलाउन सक्षम व्यक्तिले मात्र लाइसेन्स पाउनुपर्ने धारणा राखे । ‘नभए गाउँमा नागरिकता टोली आउँदा टेबुल राखेर नागरिकता बाँडेजस्तै लाइसेन्स दिए भइहाल्यो नि । एसईईको सर्टिफिकेट दिँदा सँगै लाइसेन्स दिए भइहाल्यो नि, किन ट्रायल लिनुपर्‍यो ?’

यस्ता मापदण्डका कारण नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुन सक्ने खतरा पनि रहेको उनले बताए ।

प्रकाशित मिति: Feb 15, 2023

प्रतिक्रिया दिनुहोस्