Logo
१२ आश्विन २०८१, शनिबार
(February 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरियो : कांग्रेस सांसद थिङ

नेपाली कांग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै गम्भीर भूल भएको बताएकी हुन् ।

‘म त्यस्तो जिल्लाबाट प्रतिनिधित्व गरेको छु, जहाँका जनता ब्रिटिस सेनाका अगाडि झुकेनन् तर यो संसद्बाट नेपालको इतिहासमा नभएको भूल भएको छ,’ सांसद थिङले भनिन्, ‘अनागरिकलाई गृहमन्त्री बनाएर शिर निहुर्‍याउने काम भएको छ, ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्चले उनको नागरिकता अवैध ठहर गरिदिएपछि लामिछाने माघ १३ मा पदमुक्त भएका थिए ।

प्रकाशित मिति: Feb 15, 2023

प्रतिक्रिया दिनुहोस्