Logo
१२ आश्विन २०८१, शनिबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजाने सहमति

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ ।

आज मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसद्ले स्विकार्नुपर्नेमा सहमत भएका हुन् ।

आजको छलफलमा संसदमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पुर्‍याउने व्यवस्था नियमावलीमा हुनुपर्ने सांसदहरूले माग गरेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । संसद्को कार्यकाल सकिएर नयाँ संसद् आएपछि महाअभियोग के हुने निश्चित छैन । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि भने महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुनेछ ।

त्यस्तै समितिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई महाअभियोग लागेमा तीन महिनाभित्र तथा संवैधानिक प्रमुख वा सदस्यको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुङ्गो लगाउनुपर्नेमा पनि सहमति जुटेको छ ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्