Logo
१२ आश्विन २०८१, शनिबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा सार्वजनिक सवारी ठप्प, अधिकांश शैक्षिक संस्था बन्द

आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् । विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् ।

सरकारले आन्दोलनरत मजदुर सङ्गठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजनीको घटना पछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्