Logo
१२ आश्विन २०८१, शनिबार
(February 13, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकमा आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति

नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सकिएको छ। सोमबार होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटरमा जनाएको छ।

परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राले क्रमशः नेपाल र भारतका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। दुईदिने औपचारिक भ्रमणका क्रममा भारतीय विदेश सचिव क्वात्रा सोमबार बिहान काठमाडौँ आएका थिए। उनी भारतीय वायुसेवाको जहाजमा आएका थिए।

क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।

विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी गर्न नेपाल आएका हुन्।

प्रकाशित मिति: Feb 13, 2023

प्रतिक्रिया दिनुहोस्