Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताए । “हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन”, उनले भने, “यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।”

उनका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू दुई लाख ११ हजार एक सय ११ सहित ट्रफी, उप–विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अमित विकले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितमा उत्कृष्ट खेलाडीलाई नगद रू दश हजार र उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच-पाँच हजार प्रदान गरिनेछ । क्लबले प्रतियोगिताकोे पूर्व सन्ध्यामा सामुदायिक विद्यालय अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । त्यसैगरी लालझाडी गाउँपालिका–१ स्थित निःशुल्क स्वास्थ्य

शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट अरिब आठ सय सेवाग्राहीले सेवा लिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्