Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघ्यो

टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । तर, ६ दिन बितिसकेपछि भने अहिले भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ ।

यसैबीच, शनिवार जर्मन उद्धार टोली र अस्ट्रियाली सेनाले अज्ञात समूहहरू बीचको झडपलाई उद्धृत गर्दै टर्कीमा आफ्नो खोजी कार्य रोकेका छन् ।

सञ्चारमाध्यमका अनुसार लुटपाटको आरोपमा करिब ५० जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट थुपै बन्दुकसमेत जफत गरिएको छ ।

टर्कीका राष्ट्रपतिले कानुन उल्लङ्घन गर्नेलाई सजाय दिन आफ्नो आपत्कालीन शक्ति प्रयोग गर्ने बताएका छन् । यसैबीच, एक उद्धारकर्मीले खाद्यान्न आपूर्तिमा कमी आएका कारण सुरक्षा अवस्था बिग्रने अनुमान गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्