Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हुक्का’ फिल्म चैत्र ३ मा रिलिज हुने

फिल्म ‘हुक्का : एन एब्जर्ड ड्रिम’ आगामी ३ चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । फष्टलुकमा फिल्मका मुख्य कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी देखिएका छन् । फिल्मका निर्देशक शम्भु थापा हुन् ।

स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्