Logo
१२ आश्विन २०८१, शनिबार
(February 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन छलफलको लागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा सत्तारुढ गठबन्धनमा रहेका जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन् । यसअघिको बैठकमा पनि यी दलहरू अनुपस्थित रहेका थिए । आजको बैठकमा आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच विवाद रहेको छ । अघिल्लो बैठकमा सत्तारुढ दलबीच चर्काचर्की नै परेको थियो ।

प्रकाशित मिति: Feb 12, 2023

प्रतिक्रिया दिनुहोस्