Logo
१२ आश्विन २०८१, शनिबार
(February 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अनलाइनमार्फत सार्वजनिक

नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः४५ बजे भर्चुअल माध्यमबाटसार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकका निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले सार्वजनिक गर्ने मौद्रिक नीतिको समीक्षाका लागि सञ्चार माध्यम एवम् पत्रकारहरूका लागि जुम आइडी र पासवर्ड उपलब्ध गराइएको छ ।

गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत गरेको हो ।

प्रकाशित मिति: Feb 10, 2023

प्रतिक्रिया दिनुहोस्