फुटपाथ र सडक मिचेर बनाइएको प्रहरी विटमा बालेनको डोजर
काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको नेपाल प्रहरीको विटमा डोजर चलाएको छ । मैतीदेवी चोकमा फुटपाथ र सडक मिचेर निर्माण भएको विट नेपाल प्रहरीको समन्वयमा भत्काइएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरले निरन्तर रुपमा अवैध संरचना हटाउने कार्य जारी राखेको छ । मैतीदेवीको प्रहरी विट अन्यत्र सारिने बताइएको छ ।