सांसदहरूको अभिमुखीकरण कार्यक्रम जारी
प्रतिनिधिसभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार पनि जारी छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुका लागि आयोजित संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरणको दोस्रो दिनको शुक्रबार पनि जारी रहेको हो ।
बिहीबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिका विषयमा धारणा राखिरहेका छन् ।