Logo
१३ आश्विन २०८१, आईतबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

मन्त्री पौड्यालले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री पौड्याल २२ माघमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्