Logo
१३ आश्विन २०८१, आईतबार
(February 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सघायतालाई संस्थागत गर्न सके तराई मदेसको विकासमा कायापलट हुने बताएका छन् । बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा तयार सिचाई योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

यादवले सङ्घीयतालाई संस्थागत हुन नदिने खेल सुरु भएको भन्दै यस तर्फ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए । ठुला दलहरुले तराई मधेसको विकासमा आनाकानी गर्ने गरेको प्रति लक्षित गर्दै यादवले एक पटक क्रान्तिको बिगुल फुक्ने वातावरण सृजना गर्नुपने बताए ।

मधेस प्रदेश सरकारको करिब २१ करोड लागतमा निर्माण हुने सो सिचाई योजनाबाट सो क्षेत्रका करिब १२ सय बिगाहा खेतीयोय जमिनमा सिचाई हुने बताइएको छ । छठिया निर्माण सेवा बाराले सो ठेक्का सकार गरेको छ ।

कार्यक्रममा जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादव, मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एसका जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: Feb 1, 2023

प्रतिक्रिया दिनुहोस्