Logo
१४ मंसिर २०८१, शुक्रबार
(January 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री को हुने भन्नेबारे पार्टीमा छलफल नै भएको छैन : मन्त्री अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम मन्त्री डिपी अर्यालले गृहमन्त्री को हुने रु कसलाई पठाउने ? भन्ने विषयमा छलफल नै नभएको बताएका छन् । अर्यालले गृहमन्त्री आफ्नो पार्टीले लिने भएपनि व्यक्तिमा केन्द्रित भई छलफल नभएको जिकिर गरे ।

‘गृहमन्त्रीबाट सभापति ज्यूले राजीनामा दिएपछि को हुने रु कसलाई पठाउने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन । रवि ज्यू फर्किनुहुन्छ वा अरू कोही जानुहुन्छ थाहा छैन । पार्टीमा छलफल भए पो थाहा हुने हो’ अर्यालले भने, ‘तर, गृह मन्त्रालय हाम्रो पार्टीको भागमा परेको हो । अरू पार्टीले दाबी गर्न मिल्दैन । व्यक्ति छनोट गरे पार्टीले पठाउँछ ।’

तर, लामिछानेले भने गैर सांसदको रूपमा गृह मन्त्रालयको जिम्मेवारीमा जान दौडधुप जारी राखेका छन् । आफूलाई चौतर्फी रूपमा घेराबन्दीमा पारेकाले गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओलीसँग लामिछानेले आग्रह गरिरहेका छन् ।

 

प्रकाशित मिति: Jan 31, 2023

प्रतिक्रिया दिनुहोस्