प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्यायो : विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद भवनअगाडि दिउँसै आगो लगाएर प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् ।
बुधबार मध्यान्ह सामाजिक सञ्चालनमार्फत काँग्रेस महामन्त्री शर्माले दुखी बनेर र श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताए ।
उनले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ १ दुखी बनेर,श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’
नीति बदलिएर नपुगेको भन्दै थिती बसाल्दै नियति बदल्ने सङ्कल्प, कार्य योजना र जोड जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियति बदल्ने सङ्कल्प, कार्य योजना र जोड जरुरी छ । उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।’