Logo
८ माघ २०८१, मंगलबार
(January 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई उपरखुट्टी लगाएर बस्ने छुट छैन : उर्जामन्त्री लिङदेन

उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन् । शुक्रवार आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरू भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढङ्गका क्रियाकलापहरूमा सहयोग पुग्ने आशा गरेको बताए ।

उनले देशभित्रका उद्योगी, व्यापारीहरूलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरूलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले भने, ‘कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरू, प्रक्रियाहरू लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।’

प्रकाशित मिति: Jan 20, 2023

प्रतिक्रिया दिनुहोस्