Logo
१३ आश्विन २०८१, आईतबार
(January 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरेले

सभामुख देवराज घिमिरेले आफू नेकपा ९एमाले०सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।”

बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।

प्रकाशित मिति: Jan 20, 2023

प्रतिक्रिया दिनुहोस्