Logo
१३ आश्विन २०८१, आईतबार
(January 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको उपसभामुख निर्वाचन माघ ७ गते हुने

प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् ।

उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ । सभामुखको निर्देशनपछि संसद सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसमा माघ ६ गते शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधिसभामा उम्मेदवारको प्रस्तावमाथि छलफल पछि निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jan 19, 2023

प्रतिक्रिया दिनुहोस्