Logo
१३ आश्विन २०८१, आईतबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखमा मेरो जित निश्चित छ : देवराज घिमिरे

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्।

बुधबार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधिसभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए। उनले आफू निर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउनेसमेत बताए।

उनले सभामुख कुनै एक दलबाट मात्र नभई सिङ्गो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए।

सत्तारूढ दलहरूको साझा उम्मेदवार रहका उनलाई एमाले उपाध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरा छन्।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्