Logo
१३ आश्विन २०८१, आईतबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

प्रतिनिधि सभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ । आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोलि बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्